Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १८० जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १८० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१६, फाल्गुण २०७८
आज देशभर १८० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ८३ सय ४१ जनामा नमुना परीक्षण भएकामा १८० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ११९ जना र एन्टिजेन परीक्षणबाट ६१ जना संक्रमित थपिएका छन् । 

सोही अवधिमा ४०० जना संक्रमणमुक्त भएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९३६ पुगेको छ ।

हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७६ हजार ९८४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३८७ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५६ हजार ४१३ जना निको भएका छन् ।

हाल देशभर ८२ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - १७:०४:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology