काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ एक लाख रुपैयाँ नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन १ हजार ९०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन गोल्ड ९९ लाख ५०० रुपैयाँ र तेजाबी सुन ९९ हजार रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेर १३ सय ७५ रुपैयाँ पुगेको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।
युक्रेनमा संकट गहिरिएसँगै सुनचाँदीको भाउ उकालो लाग्न थालेको हो। सुनसँगै पेट्रोलियम पदार्थको मूल्य समेत निरन्तर उकालो गतिमा छ ।