Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १२७ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

आज देशभर १२७ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

दैनिकी न्यूज

१८, फाल्गुण २०७८
आज देशभर १२७ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍. संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट १२३ र एन्टिजेन परीक्षणबाट ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस अवधिमा ६ हजार ८७४ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ४ हजार ६७३ र एन्टिजेन परीक्षण २ हजार २०२ भएको छ ।

२४ घण्टामा ३२१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ३ छ ।

२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर २।६ प्रतिशत रहेको प्रवक्ता मिश्राले जानकारी दिइन ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - १६:३३:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology