Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार सुनको भाउ घट्यो

बिहीबार सुनको भाउ घट्यो

दैनिकी न्यूज

१९, फाल्गुण २०७८
बिहीबार सुनको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ५०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन ९९ हजार रुपैयाँ र तेजाबी सुन ९८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार सुनको भाउ तोलामा १९०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन ९९ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९९ हजाररुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेर १३ सय ८० रुपैयाँ पुगेको छ । हिजो तोलामा ४० रुपैयाँ बढेर चाँदी १३ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - १०:५९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology