काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामै एक लाख नजिक पुगेको छ । हिजो सुनको भाउ प्रतितोला ९९ हजारमा कारोबार भएकोमा आज तोलामा ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि भाउ कायम गरिएको महासंघले जनाएको छ ।
महासङ्घका अनुसार रुस–युक्रेन युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।