Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १९४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १९४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२४, फाल्गुण २०७८
आज देशभर १९४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ७४ जना र एन्टिजेन परीक्षणबाट १२० जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा पीसीआर ३ हजार ६३९ र २ हजार ७५६ एन्टिजेन गरी ६ हजार ३९४ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

३४८ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८७५ रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - १७:०४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology