Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २२४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २२४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२५, फाल्गुण २०७८
आज देशभर २२४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍. संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट ६८ र एन्टिजेन परीक्षणबाट १५६ जनामा कोरोना पुष्टि भएको छ ।

यस अवधिमा १० हजार ९२ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ६ हजार ९३६ र एन्टिजेन परीक्षण ३ हजार १५६ भएको छ । २४ घण्टामा २५१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।

२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर १‍.१ प्रतिशत रहेको प्रवक्ता मिश्राले जानकारी दिनुभएको छ।

यो हप्ताको औषत संक्रमणदर १.७ प्रतिशत रहेको प्रवक्ता मिश्राले बताइन ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - १७:५३:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology