काठमाडौँ । सुनचाँदी बजारमा आज –बिहीबार) छापावाल सुनको भाउ एकैदिन प्रतितोलामा तीन हजार ५०० रुपैयाँले घटेर एक लाख दुई हजार रुपैयाँ ५०० पुगेको छ । त्यस्तै तेजाबी सुन पनि १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला रु एक लाख पाँच हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रति तोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियोे ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार भाउका तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेर एक हजार ४०५ पुगेको महासङ्घले जनाएको छ । बुधबार चादी एक हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।