काठमाडौं । पछिल्लो २४ घण्टामा ११२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३२८ जनाको नमुना परीक्षण भएकोमा ११२ जनालाई संक्रमण पुष्टि भएको हो ।
यसैगरि सोही अवधिमा ४२९ जना संक्रमणमुक्त भएका छन् । गएको २४ घण्टामा संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।