Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ७७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ७७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२७, फाल्गुण २०७८
आज देशभर ७७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौंं । पछिल्लो २४ घण्टामा देशभर ७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ६२ जना र एन्टिजेन परीक्षणबाट १५ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा पीसीआर ५ हजार ६०७ र २ हजार ३७४ एन्टिजेन गरी ७ हजार ९८१ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१८९ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१२ रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७८ शुक्रवार - १८:४५:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology