काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज बढेको छ । हिजो सुनको भाउ प्रतितोला एक लाख २ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला एक लाख २ हजार ८ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदीको भाउ प्रतितोला १४१५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४२५ रुपैयाँ भाउ कायम गरिएको महासंघले जनाएको छ ।