Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ६५ जनामा कोरोना संंक्रमण पुष्टि

आज देशभर ६५ जनामा कोरोना संंक्रमण पुष्टि

दैनिकी न्यूज

२९, फाल्गुण २०७८
आज देशभर ६५ जनामा कोरोना संंक्रमण पुष्टि
images

काठमाडौँ । नेपालमा २४ घण्टामा ७ हजार ९४७ परीक्षण हुँदा ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार देशभर ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ र १ हजार ६४१ एन्टिजेन परीक्षणमा ६ जनामा पोजिटिभ देखिएको हो ।

२४ घण्टामा १९२ जना निको भएका छन् । सोही अवधिमा ८८ हजार ४८८ जनाले खोप लगाएका छन् । आइतबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९१७ रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - २१:१५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology