काठमाडौं । एकैदिन सुन तोलामा १ हजार ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदीको भाउ पनि घटेको छ । सोमबार तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।