Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ८३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ८३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१, चैत्र २०७८
आज देशभर ८३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । देशभर थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८३ जनामा संक्रमण पुष्टि भएको हो।

७ हजार ८८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

४ हजार ७३४ जनाको पिसिआर गर्दा ५७ र ३ हजार १५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित छन्।

१३० जना संक्रमित निको समेत भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

यस्तै काठमाडौंमा १५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १३, ललितपुरमा २ संक्रमित थपिएका छन्। भक्तपुरमा भने संक्रमित भेटिएनन्।

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - १९:४४:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology