काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको भाउमा निरन्तर गिरावट आएको छ । हिजो सुनको भाउ प्रतितोला एक लाख ५ सयमा कारोबार भएकोमा आज तोलामा १२ सय रुपैयाँले घटेको हो । मंगलबार पनि सुनको भाउ तोलामा १८ सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३ सय ७० रुपैयाँ भाउ कायम गरिएको महासंघले जनाएको छ ।