काठमाडौं । सुनको भाउ फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १२ रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ बिहीबार पुनः ५०० रुपैयाँले बढ्दै ९९ हजार ८०० रुपैयाँ पुगेको हो ।
यस्तै, आज तेजाबी सुनको भाउ समेत ५०० रुपैयाँले नै बढ्दै प्रतितोला ९९ हजार ३०० रुपैयाँमा पुगेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज १३ सय ९० रुपैयाँमा पुगेको छ ।