काठमाडौं । आज देशभर थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप २७ जनामा संक्रमण पुष्टि भएको हो।
४ हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
१ हजार ६५४ जनाको पिसिआर गर्दा २२ र ३ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै देशभर ४ हजार ३७६ जना सक्रिय संक्रमित छन्।
२२० जना संक्रमित निको समेत भएका छन्।
यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।