काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले दिएको जानकारी अनुसार पीसीआरबाट २८ र एन्टिजेन परीक्षणबाट ९ जनामा कोरोना पुष्टि भएको छ ।
यस अवधिमा ४ हजार ६१ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण २ हजार ७९८ र एन्टिजेन परीक्षण १ हजार २६३ भएको छ । २४ घण्टामा ३८२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।
२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर १ प्रतिशत रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ।