काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४५ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ४१ जना र एन्टिजेन परीक्षणबाट ४ जना संक्रमित थपिएका छन् ।
२४ घण्टामा पीसीआर २ हजार ९७८ र १ हजार ७७४ एन्टिजेन गरी ४ हजार ७५२ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
१४७ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १३५ रहेको छ।