ललितपुर। एक महिनामै पिच उप्केपनि सडक पुननिर्माण नभएको भन्दै स्थानीयले लगनखेल–सुनाकोठी सडक खण्ड अवरुद्ध पारेका छन् ।
ललितपुर महानगरपालिका २७ मा पर्ने सडक मंगलबार विहानैबाट अवरुद्ध छ ।
उनीहरुले सकडमै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा भ्याली होम्समा बस्ने कलाकार मदनकृष्ण श्रेष्ठ सहितका थुप्रै सहभागी भएका छन् ।

सो सडक खण्ड गएको मंसिरमा पिच गरिएको थियो । तर, ठेकदारले गुणस्तरहिन काम गर्दा एक महिना बित्न नपाउँदै सडक उक्किएपछि त्यस क्षेत्रमा धुलो र हिलो हुने गरेको छ ।
ठेकदारले यो वर्षको मंसिरमहिना भित्रै सडक पिच गर्ने सहमति गरेका थिए तर, चैत लागिसक्दा पनि पिच नभएपछि स्थानीयहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले सडक पिच गर्न माग गर्दै सवारी आवागमन ठप्प गराएका छन् । सुनाकोठीका धेरै ठाउँमा सडक भत्किएको छ । चिवहाल क्षेत्र बढी तहस नहस भएको छ । यो क्षेत्रमा सडक पिच गर्न पटक पटक स्थानीयले आन्दोलन गर्दै आएका छन् ।

