Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ४४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

८, चैत्र २०७८
आज देशभर ४४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ३५ जना र एन्टिजेन परीक्षणबाट ९ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा पीसीआर ४ हजार ४९५ र २ हजार ९९ एन्टिजेन गरी ६ हजार ५९४ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

८४१ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ११ दिनपछि नेपालमा कोरोनाबाट मृत्यु भएको हो । यसअघि फागुन २७ मा कोरोनाबाट मृत्यु हुनेको स‌ख्या १ जना थियो । स्वास्थ्य मन्त्रालयको विवरणअनुसार त्यसयता कोरोनाबाट कसैको मृत्यु भएको थिएन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६८८ रहेको छ।

images
प्रकाशित मिति :चैत्र ८, २०७८ मंगलवार - १७:४१:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology