Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१०, चैत्र २०७८
आज देशभर ३५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । देशभर थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ३५ जनामा संक्रमण पुष्टि भएको हो। ५ हजार २६८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

३ हजार ८८१ जनाको पिसिआर गर्दा ३२ र १ हजार ३८७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर २ हजार २१९ जना सक्रिय संक्रमित छन्।

२६६ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - २१:३९:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology