Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर १८ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

११, चैत्र २०७८
आज देशभर १८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट १२ जना र एन्टिजेन परीक्षणबाट ६ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा पीसीआर २ हजार ८२२ र १ हजार ५२० एन्टिजेन गरी ४ हजार ३४२ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२७१ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९६० रहेको छ।

images
प्रकाशित मिति :चैत्र ११, २०७८ शुक्रवार - १६:४६:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology