Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ८ जनामा कोरोना पुष्टि

आज देशभर ८ जनामा कोरोना पुष्टि

दैनिकी न्यूज

१२, चैत्र २०७८
आज देशभर ८ जनामा कोरोना पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ८ जनामा कोरोना पुष्टि हुँदा एन्टिजेन परीक्षणमा संक्रमितको संख्या शून्य छ ।

२४ घण्टामा पीसीआर १६९६ र ९४९ एन्टिजेन गरी २ हजार ६५५ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२१० जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७५८ रहेको छ।

images
प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - २१:२७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology