Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१३, चैत्र २०७८
आज देशभर २३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍।संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट १५ र एन्टिजेन परीक्षणबाट ८ जनामा कोरोना पुष्टि भएको छ ।

यस अवधिमा ५ हजार २२२ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ३ हजार ७८० र एन्टिजेन परीक्षण १४४२ भएको छ । २४ घण्टामा २१५जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।

२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर ०।६ प्रतिशत रहेको प्रवक्ता मिश्राले जानकारी दिनुभएको छ

images
प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - १६:४३:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology