Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २१ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१४, चैत्र २०७८
आज देशभर २१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट १५ जनामा कोरोना पुष्टि हुँदा एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण देखिएको छ ।

२४ घण्टामा पीसीआर ५ हजार १५२ र ११५७ एन्टिजेन गरी ६ हजार ३०९ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणअनुसार २४ घण्टामा भएको पीसीआर परीक्षणामा पोजेटिभ रिपोर्ट देखिनेदर ०।३ प्रतिशत रहेको छ ।

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

३१९ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार २५४ रहेको छ।

images
प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - २२:२०:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology