Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ४२ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१५, चैत्र २०७८
आज देशभर ४२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर कूल ४ हजार ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार १ सय ४९ एन्टिजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार २ सय २८ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार १ सय ९८ संक्रमित संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १७:३७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology