काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट २५ र एन्टिजेन परीक्षणबाट १ जनामा कोरोना पुष्टि भएको छ ।
यस अवधिमा ५ हजार १९२ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ३ हजार ९४० र एन्टिजेन परीक्षण १२ सय ५२ भएको छ । २४ घण्टामा ७७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।
२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर ०.६ प्रतिशत रहेको प्रवक्ता मिश्राले जानकारी दिए ।