Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ११ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ११ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१९, चैत्र २०७८
आज देशभर ११ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट १० जनामा कोरोना पुष्टि हुँदा एन्टिजेन परीक्षणमा १ जनामा संक्रमण देखिएको छ ।

२४ घण्टामा पीसीआर २ हजार ८३ र १ हजार २७७ एन्टिजेन गरी ३ हजार ३६० कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैगरी गत २४ घण्टामा ९० जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ४२ रहेको छ। तेस्रो लहर सुरु भएयता पहिलो पटक सक्रिय संक्रमितको संख्या १ हजारबाट तल झरेको छ ।

images
प्रकाशित मिति :चैत्र १९, २०७८ शनिवार - २१:०३:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology