Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२०, चैत्र २०७८
आज देशभर २३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट २३ जनामा कोरोना पुष्टि हुँदा एन्टिजेन परीक्षणमा कसैमा संक्रमण देखिएको छैन ।

२४ घण्टामा पीसीआर ५ हजार ८७४ र १ हजार १०६२ एन्टिजेन गरी ६ हजार ९०९ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ६६ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ८९९ रहेको छ।

 

images
प्रकाशित मिति :चैत्र २०, २०७८ आइतवार - १७:०७:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology