Logo

सोमवार, श्रावण २५ गते २०८३

images

संविधान र राष्ट्रियता जोगाउन वाम–लोकतान्त्रिक गठबन्धनः नेता तामाङ

संविधान र राष्ट्रियता जोगाउन वाम–लोकतान्त्रिक गठबन्धनः नेता तामाङ

दैनिकी न्यूज

२२, चैत्र २०७८
संविधान र राष्ट्रियता जोगाउन वाम–लोकतान्त्रिक गठबन्धनः नेता तामाङ
images

नुवाकोट । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य, पुर्वमन्त्री एवं संघिय सांसद हितबहादुर तामाङले नेपाली जनताको बलिदानबाट प्राप्त संविधान, राष्ट्रियता र लोकतन्त्र बचाउन पनि अबको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिगमनविरुद्ध जनताको बलबाट सिंगो मुलुकले नै विघटित संसद पुनःस्थापनामार्फत एउटा जित हाँसिल गरेको चर्चा गर्नुहुँदै नेता तामाङले गणतन्त्र, संघियता र जनताद्धारा लिखित उन्नत संविधानसहितको व्यवस्था जोगाउनकै निम्ति पनि अहिले सरकारमा सामेल राजनीतिक दलहरुबीचको गठबन्धन आगामी हुने तीनै तहको निर्वाचनमा चुनावी गठबन्धनको रुपमा समेत अपरिहार्य रहेको आवश्यकता औँल्याउनुभयो । ‘जसबाट मात्रै प्रतिगमनविरुद्धको आन्दोलनले अन्तिम र निर्णायक जित त्यतिबेला प्राप्त गर्नेछ ।’ सोमवार नुवाकोटको म्यागङ गाउँपालिकास्थित किम्ताङमा शहिद स्मृति बहुउद्देश्यिय सहकारी संस्थाको आयोजनामा भएको शहिद कान्छीमाया तामाङ प्रतिमा स्मृति भलिवल कप प्रतियोगिता २०७८ को समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माओवादी केन्द्र बागमती प्रदेशका सहईन्चार्ज समेत रहनुभएका नेता तामाङले उक्त धारणा राख्नुभएको हो । बैशाख ३० गतेको स्थानिय निर्वाचन मात्रै नभएर आगामी मंसिरमा हुने प्रदेश र संघीय संसद सहित तीनै तहको निर्वाचनसम्म सँगै लैजाने गठबन्धनको उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘हाल सरकारमा रहेका नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकिकृत समाजवादी०, जनता समाजवादी लगायतका दलहरुबीच गठबन्धनलाई निर्वाचनमा झन् बलियो बनाउने यसअघि नै आपसी सहमति बनिसकेको छ’ चुनावी गठबन्धन हुने विषयमा निर्धक्क हुन सबैलाई आग्रह गर्दै नेता हितबहादुर तामाङले भन्नुभयो–‘गठबन्धनकै पक्षमा आगामी चुनावी नतिजा आउने र त्यसबाट जनताले अपेक्षा गरेजस्तै मुलुकको विकासमा इतिहासकै नयाँ मार्गचित्र निर्माण हुनेमा विश्वास व्यक्त गर्नुभयो । त्यसका लागि वाम–गठबन्धनको साझा उम्मेदवारहरुलाई अमूल्य मतदानद्धारा प्रचण्ड बहुमतले निर्वाचित गराउन गठबन्धन दलका सम्पुर्ण कार्यकर्ता, शुभेच्छुक र आम मतदाताहरुमा नेता तामाङले आव्हान गर्नुभयो ।

स्थानिय तहहरुमा कहाँ, कसरी र के का आधारमा तालमेल गर्ने भन्ने विषयमा केन्द्र, जिल्लादेखि स्थानिय पालिका स्तरसम्म गठबन्धनमा सम्वद्ध दलहरुका सबै पार्टी कमिटीहरुबीचमा आपसी छलफल अघि बढिसकेको नेता तामाङले जानकारी दिनुभयो । ‘तालमेल र उम्मेदवारी बाँडफाँडका लागि स्थानिय तहस्तरमै पनि संयन्त्र निर्माण गर्ने तयारी र अध्ययन सुरु भइसकेको छ ।’ तर, त्यसका लागि कहाँ, कुन दललाई कसरी नेतृत्व निदे भन्ने विषयमा तालमेलको मोडालिटी भने केन्द्रबाट आउन बाँकी रहेको बताउनुभयो । ‘केन्द्रिय स्तरमै चुनावी तालमेलको एकखालको मोडालिटी केही दिनभित्रैमा बनिसक्छ’, नेता तामाङले जानकारी दिँदै भन्नुभयो–‘त्यसपछि यस्तो तालमेलको मोडालिटी अनुसार जाने भन्ने स्पष्ट खाका आएपछि स्थानिय निर्वाचनका लागि स्पष्ट मार्गचित्र बन्नेछ ।’

अहिले भने गठबन्धनमा हुने सबै दलको फिल्डको संगठनात्मक वस्तुस्थिति, जनउभार र वर्चस्व वा संगठनात्मक अवस्थाको आधारमा पालिका र वडाहरुको उम्मेदवार छनौट तथा बाँडफाँड हुने नेता तामाङले प्रष्ट्याउनुभयो ।

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - ११:१९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology