Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२२, चैत्र २०७८
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (मंगलबार) बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९८ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो (सोमबार) सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९८ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँ घटेर चाँदी १३ सय ५० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - ११:२३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology