ललितपुर । नापी कार्यालय चावाहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट समातिएका छन् । नापी कार्यालय, चावहिल १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाश राज भट्ट मंगलबार साझ अख्तियारको टोलीले ललितपुरको लखनखेलको सडकबाटै नियन्त्रणमा लिएको हो ।
अख्तियार का अनुसार बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै उनीहरुले घुस लिएका थिए । घुस रकम लिएर बुढानिलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लखनखेलको सडक किनाराबाट दुवै जनालाई १ लाख नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।
यसबारे थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।