काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट १२ र एन्टिजेनबाट १ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ४ हजार १५५ कोरोना परीक्षण भएको छ । जसमा २ हजार ५३९ पीसीआर र १ हजार ६१६ एन्टिजेन परीक्षण भएको छ ।
यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
४४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।
अहिले देशभर सक्रिय संक्रमितकहो संख्या ६३७ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाविरुद्ध खोप लगाएको विवरण आएको छैन ।