Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२७, चैत्र २०७८
आज देशभर ४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ४ जना कोरोना संक्रमित थपिएका छन्।

आइतबार २ हजार ७ सय ४० जनाको कोरोना परीक्षण गर्दा ४ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

१ हजार ८ सय जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा र ९ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ४८ जना निको समेत भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ सय ९२ जना पुगेको छ।

हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट ९ लाख ६६ हजार २८ जना मुक्त भएका छन् ।

images
प्रकाशित मिति :चैत्र २७, २०७८ आइतवार - १६:३७:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology