Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २२ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२८, चैत्र २०७८
आज देशभर २२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट २२ जनामा संक्रमण देखिँदा र एन्टिजेनबाट कसैमा पनि संक्रमण पुष्टि भएन।

२४ घण्टामा ५ हजार १४४ कोरोना परीक्षण भएको छ । जसमा ३ हजार ९७२ पीसीआर र १ हजार १७२ एन्टिजेन परीक्षण भएको छ

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

४६ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितकहो संख्या ५६८ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या १५ हजार ३५५ छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - २१:२६:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology