Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचादी दुवैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचादी दुवैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२९, चैत्र २०७८
सुनचादी दुवैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार - १२:४७:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology