Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३०, चैत्र २०७८
आज देशभर १९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा‍।समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार पीसीआरबाट १५ र एन्टिजेन परीक्षणबाट ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस अवधिमा ४ हजार ७१५ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ३ हजार ३४९ र एन्टिजेन परीक्षण १३६६ भएको छ । २४ घण्टामा ४९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।

२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर ०।४ प्रतिशत रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ

images
प्रकाशित मिति :चैत्र ३०, २०७८ बुधवार - १७:३३:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology