Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आयोगले भन्यो-जनप्रतिनिधिले राजीनामा नदिई उम्मेदवारी दिन मिल्दैन

आयोगले भन्यो-जनप्रतिनिधिले राजीनामा नदिई उम्मेदवारी दिन मिल्दैन

दैनिकी न्यूज

१, बैशाख २०७९
आयोगले भन्यो-जनप्रतिनिधिले राजीनामा नदिई उम्मेदवारी दिन मिल्दैन
images

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमा बहालवाला जनप्रतिनिधिले राजीनामा नदिई पुनः उम्मेदवारी दिनु कानुनसम्मत नभएको लिखित जवाफ सर्वोच्च अदालतसमक्ष दिएको छ। पुनः उम्मेदवार बन्न जनप्रतिनिधिले तत्काल राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधानलाई तत्काल कार्यान्वयन नगर्न अदालतले जारी गरेको अल्पकालीन आदेश खारेज हुनुपर्ने माग राख्दै बुधबार आयोगले महान्यायाधिवक्ताको कार्यालयमार्फत सो जवाफ पठाएको हो।

चैत्र ८ गते न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले सो प्रावधान कार्यान्वयन नगर्न भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। आयोगको पत्रमा भनिएको छ- 'स्थानीय तहको कुनै पदमा निर्वाचित वा मनोनीत कुनै पदाधिकारीलाई सो पदमा बहाल रहँदासम्म लाभको पद धारण गरेको व्यक्ति होइन भनी निजको मनोनयन पत्र स्वीकृत गर्न मिल्ने कानुनी आधारसमेत छैन।' आजकोनेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :बैशाख १, २०७९ बिहिवार - ०७:०१:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology