काठमाडौं । आजदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सी र सार्वजनिक सवारी साधनको भाडा बढेको छ।
आजदेखि लागु हुने गरी बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले ट्याक्सी र सार्वजनिक सवारी साधानको भाडा बढाएको हो।
समायोजनपछि सार्वजनिक सवारी साधनमा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रूपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ।
नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।
यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।