Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१, बैशाख २०७९
आज देशभर ४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ३ जनामा संक्रमण देखिँदा र एन्टिजेनबाट १ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा ३ हजार ३४२ कोरोना परीक्षण भएको छ । जसमा २ हजार २६२ पीसीआर र १ हजार ८० एन्टिजेन परीक्षण भएको छ

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

४४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ४७९ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या ६१ हजार २७८ छ ।

images
प्रकाशित मिति :बैशाख १, २०७९ बिहिवार - १७:५३:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology