ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ भारदेउमा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।
बुधबार राती १० बजे भारदेउका जय बहादुर लोप्चनको ढुंगा र माटोले बनेको कच्ची घरमा अचानक विजुलीको तार सर्ट भई आगलागि भएको हो ।
आगलागीबाट ७२ वर्षकी कान्छीमाया लोप्चनको मृत्यू भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय कोन्ज्योसोमका प्रहरी निरीक्षक दीपक रिजालसहितको १० जनाको टोलीले आगलागीमा परेका ७ जनाको उद्धार गरिएको छ ।
लोप्चनको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री नष्ट भई ४ लाख बराबरको सुन, चाँदी १० हजार बराबर, भाडाकुडा २५ हजार, चामल तोरी मकै करिब १५ हजार, लत्ताकपडा २५ हजार र घर १० लाख २५ हजार गरी १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी सुरक्षाकर्मी, स्थानीयवासीलगायतले सहयोगले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।