Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२, बैशाख २०७९
आज देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ३ जनामा संक्रमण देखिँदा र एन्टिजेनबाट कसैमा कोरोना पुष्टि भएको छैन ।

२४ घण्टामा ३ हजार ९०३ कोरोना परीक्षण भएको छ । जसमा ३ हजार ३० पीसीआर र ८७३ एन्टिजेन परीक्षण भएको छ

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

५५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ४३८ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या ७ हजार ८९४ छ ।

images
प्रकाशित मिति :बैशाख २, २०७९ शुक्रवार - १६:५५:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology