Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३, बैशाख २०७९
आज देशभर ९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ६ र एन्टिजेन विधिबाट ३ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ४ हजार ४३ जनाको कोरोना परीक्षण भएको छ । जसमा १ हजार ८६ पीसीआर र २ हजार ५७ एन्टिजेन परीक्षण भएको हो ।

यसैगरी ४४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ सय रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०७९ शनिवार - २०:४०:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology