Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १२ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

४, बैशाख २०७९
आज देशभर १२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ११ र एन्टिजेन विधिबाट १ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३ हजार ४८९ जनाको कोरोना परीक्षण भएको छ । जसमा २ हजार ७५० पीसीआर र ७३९ एन्टिजेन परीक्षण भएको हो ।

यसैगरी ३६ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३७५ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :बैशाख ४, २०७९ आइतवार - १९:०१:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology