काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ९ र एन्टिजेन विधिबाट १ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ४ हजार ६९१ जनाको कोरोना परीक्षण भएको छ । जसमा ३ हजार ६०० पीसीआर र १०९१ एन्टिजेन परीक्षण भएको हो ।
यसैगरी ३४ जना कोरोनामुक्त भएका छन् ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३५० रहेको छ।