काठमाडौं । पछिल्लो २४ घण्टामा १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४०३ जनाको परीक्षण भएको थियो । यसैगरी सोही अवधिमा २६ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि संक्रमणका कारण मृत्यु भएको छैन ।
अहिले सक्रिय संक्रमित ३३४ जना रहेका छन् । आज संक्रमण पुष्टि भएका स्थानमध्ये काठमाडौंमा ७, प्यूठानमा १ र कैलालीमा २ जना रहेका छन् ।