Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

८, बैशाख २०७९
आज देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ३ हजार ५४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ८३ जनाको पिसिआर र एक हजार ४ सय ६४ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर २ सय ९८ जना सक्रिय संक्रमित छन्।

३२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - १९:१४:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology