Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर देशभर १८ जनालाई कोरोना पुष्टि, सक्रिय संक्रमित २८२

आज देशभर देशभर १८ जनालाई कोरोना पुष्टि, सक्रिय संक्रमित २८२

दैनिकी न्यूज

९, बैशाख २०७९
आज देशभर देशभर १८ जनालाई कोरोना पुष्टि, सक्रिय संक्रमित २८२
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ९ जनामा संक्रमण देखिँदा र एन्टिजेनबाट ९ जनामा कोरोना पुष्टि भएको छ।

२४ घण्टामा ३ हजार ६५१ कोरोना परीक्षण भएको छ । जसमा २ हजार १३३ पीसीआर र १ हजार ५१८ एन्टिजेन परीक्षण भएको छ

यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २८२ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या १ लाख २९ हजार ८३ छ ।

images
प्रकाशित मिति :बैशाख ९, २०७९ शुक्रवार - २२:२२:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology