Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पूर्वन्यायाधीश श्रेष्ठको जीवनी ‘न्याय र जीवन’ लोकार्पण

पूर्वन्यायाधीश श्रेष्ठको जीवनी ‘न्याय र जीवन’ लोकार्पण

दैनिकी न्यूज

११, बैशाख २०७९
पूर्वन्यायाधीश श्रेष्ठको जीवनी ‘न्याय र जीवन’ लोकार्पण
images

काठमाडौं । पूर्वन्यायाधीश कुल वहादुर श्रेष्ठद्धारा लिखित ‘न्याय र जीवन’ नामक पुस्तक लोकार्पण गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमकाबीच उक्त जीवनी पुस्तक लोकार्पण गरिएको हो।
श्रेष्ठले आफू सरकारी जागिरे र न्याय सेवामा हुँदा भोगेका यर्थाथपरक अनुभवलाई पुस्तकमा समेटेका छन्। ९२ वर्षीय श्रेष्ठले ९ दशकसम्म भोगेका न्याय र जीवनका अविस्मणीय क्षणलाई पुस्तकमा प्रतिविम्बित गरिएको छ।
पुस्तकमा न्यायाधीशको जिम्मेवार र न्याय प्रवाहमा देखिएको चलखेलका विषयलाई उठान गरिएको छ। त्यस्तै, भ्रष्टाचार, गरिवी, अशिक्षाजस्ता न्याय प्रवाहलाई कमजोर बनाउने कारणहरुका बारेमा पुस्तकमा औल्याइएको छ।
लेखक श्रेष्ठका शब्दमा ‘न्याय र जीवन’ पुस्तक न्यायिक प्रणालीका निकै दुर्लभ र रोचक कथाहरुको संग्रह हो। आफैले भोगेका आश्चर्यजनक र न्याय प्रणालीमा निभाएको रचनात्मक भुमिका उनले आफ््नो पुस्तकमा समेटेका छन्। ‘मैले १७ वर्षको उमेरमा सरकारी जागिर सुरु गरेँ, सामान्य कर्मचारी हुँदै न्यायाधीशसम्म बनेँ, न्यायाधीश भएर लामो समय काम गर्ने मौका पाएँ,’ उनले सुनाए, ‘त्यस वखत्को न्यायिक भोगाई अहिलेका न्याय क्षेत्रका व्यक्तिको लागि निकै आश्चर्यजनक र रोचक हुनुसक्छ, त्यतिबेला अदालतले मेलमिलापको भुमिका खेल्दथ्यो।’ उनले न्यायाधिशको मन फराकिलो र निस्वार्थ भयोभने मात्रै पीडितले न्याय पाउन सक्ने बताए। आफूले न्यायिक क्षेत्रमा हुँदाका अविस्मरणीय र रोकच पक्षलाई यो पुस्तकमा समेटेकोले नेपालको पुरानो न्याय प्रणाली कस्तो थियो भनेर बुझ्न पनि यो पुस्तकले सहयोग गर्ने उनको भनाई छ।
लोकार्पण कार्यक्रममा पूर्व मुख्य–सचिव मुकुन्द शर्मा पौडेलले श्रेष्ठ इमान्दार, निष्ठावान, निडर न्यायमूर्ति तथा मेलमिलापकर्ता भएको टिप्पणी गरे। उनले एउटा न्यायाधीशले भोगेका कथा पढ्दा नेपालको न्याय प्रणाली र अवस्थाको चित्रण हुने बताए। ‘उहाँ मेलमिलापको माध्यमबाट न्याय दिने न्यायमुर्ति हो, न्यायिक निर्णयमा उहाँको शैली उदाहरणीय र पृथक छ,’ उनले भने, ‘उहाँले मुद्दालाई मेलमिलापमा परिणत गरिदिनुहुन्थ्यो।’ उनले पुस्तकले न्यायको मर्म र पीडितको दर्दलाई समेटेको बताए।
पुस्तकमाथि आफ्नो मन्तव्य राख्दै पत्रकार भैरव रिसालले श्रेष्ठ मेलमिलापका न्यायाधीश रहेको बताए। ‘न्यायाधीशले चाह्यो भने न्याय दिन सक्छ, यो पुस्तकको निष्कर्ष पनि यही हो जस्ता लाग्छ,’ उनले भने । लेखक श्रेष्ठ पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवा हुन्। बुवाको पुस्तक र न्यायिक शैलीबारे व्याख्या गर्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बुवाले आफू न्यायाधीश हुँदाका रोमाञ्चक र अनौठा विषयका किस्सा पुस्तकमा समेटेको बताए। ‘हामीले राजनीतिक मानिसको जीवन भोगाई बढी सुनेका र पढेका हुन्छौं, तर एउटा कर्मचारीको भोगाई पनि निकै पिडादायी र उत्पे्ररणादायी भोगाई हुन्छ,’ उनले सुनाए, ‘यो पुस्तकले उबेलाको नेपाल, न्याय प्रणाली र न्यायाधीशको मनको पनि व्याख्या गर्छ।’
पत्रकार घनश्याम खड्काले पुस्तक सम्पादन गरेका थिए। कार्यक्रममा उनले पुस्तकका मुख्य र रोचक किस्सा सुनाएका थिए। उबेलाको नेपाल र न्यायिक प्रणालीबारे बुझ्न पुस्तकले सहयोग गर्ने उनको भनाई छ।
पुस्तक बिक्रिवापत् उठेको रकम कुनै सुस्त मनस्थितिसँग सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिने छ। लोकार्पण कार्यक्रममा पूर्व प्रधानन्यायाधीश शुशीला कार्की, मीन वहादुर रायमाझी, पूर्व महान्यायाधिवक्ता राघवलाल वैद्यलगायत उपस्थित थिए।

images
प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - १७:३०:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology